Incident Reports

Bhimdatta Municipality locals resume protest

2018-10-29

Civil Struggle Committee today resumed its protest, demanding the arrest of culprits involved in the rape and subsequent murder of Nirmala Panta, 13, of Bhimdatta Municipality in Kanchanpur. The struggle committee had halted protests during Dashain. Rights activists and victim’s family members staged a rally, demanding immediate arrest of the culprits. The rally that started from Mahendranagar’s Madanchowk had reached the District Administration Office, Kanchanpur. The protesters then submitted a memorandum to Chief District Officer Taranath Adhikari. Civil Struggle Committee Coordinator Mina Bhandari said they had submitted the memorandum with an ultimatum to the prime minister to ensure the arrest of culprits as soon as possible. Bhandari threatened to launch stern agitation if the culprits were not booked soon. Submitting the memorandum to CDO Adhikari, Nirmala’s father Ekraj Panta said sacking of two police officers alone did not ensure justice. “Nirmala’s departed soul will get peace only after the culprits are booked,” he said. Deputy Superintendent of Police Krishnaraj Ojha said that today’s protest was peaceful. “We are probing the incident very minutely,” added DSP Ojha. बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका छन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीसहिले सोमबार प्रदर्शन गरेका हुन्। महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुग्नेछ। प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन्। प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरुको सहभागिता छ। साउन १० गते १३ वर्षीय किशोरी पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमुलक आन्दोलन सुरु गरेका हुन् । update................................... निर्मला हत्या प्रकरण : डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ । मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए । ‘चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ घटनाको अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले भने, ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना संकलन गरिएको हो ।’ उनले नमुना संकलन गरिएका व्यक्तिहरुको नाम र ठेगाना भने खुलाउन चाहेनन् । नमुना लिइएका व्यक्तिहरुलाई निगरानीमा राखिएको उनले जानकारी दिए । उनले शंकास्पद अन्य व्यक्तिको पनि नमुना संकलन हुन सक्ने बताए । प्रहरीले यसअघि पनि ५ जनाको नमुना परीक्षण गरिसकेको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाटाका दिलीप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडुको पहिलो चरणमा डिएनए परीक्षण गरेको थियो । त्यसपछि आन्दोलनरत महिला अधिकारकर्मी र पीडित परिवारले शंका गरेका हालै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरन र महेन्द्रनगरकै स्थानीय आयुश विष्टको नमुना परीक्षण गरिएको थियो
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments