Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार

2018-11-08

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 27

पत्नी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले ३२ वर्षीया पत्नी शर्मीला घर्तीमगरको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

कात्तिक २२ गते राति आफ्नै घरमा मृत भेटिएकी शर्मिलाको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई भैरहवाबाट गिरफ्तार गरी अनुसन्धानका गरिरहेको डिएसपी गुरुङले जानकारी दिए ।

शवको पोष्टमार्टम कात्तिक २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments