Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-25

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको मोदी गाउँपालिका–७ का ३० वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको छ ।

घुम्न आएको भन्दै कात्तिक ७ र ८ गते राति घरमा बास बसेका थापाले पीडित बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितका बावुले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित थापालाई पर्वतबाट कात्तिक २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments