Incident Reports

बल्खुस्थित त्रिवि व्यवस्थापन डिन र जनप्रशासन विभागमा तालाबन्दी

2018-12-04

Bagmati, Kathmandu, Kirtipur

स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रकाशन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी गरेको छ । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी उत्तिर्ण गराएको आरोप लगाउदै सो संगठनले तालाबन्दी गरेको हो ।

राजनीतिक दबाबमा परी लिखित परिक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तिर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रकाशन क्याम्पस स्ववियू सभापति पंकज सुवेदीले जानकारी दिए । 

त्रिवि जनप्रशासन केन्द्रीय विभागले यही मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन । तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरेको पाइएको सुवेदीले बताए । 

लिखितमा अनुत्तिर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताएका छन् । ‘एमफिल जस्तो उच्च तहको अध्ययनमा मेरिटका आधारमा विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसको छिनोफानो नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments