Incident Reports

बलात्कार आरोपमा राजपाका नेता पक्राउ

2018-12-01

Madhes, Saptari, Chhinnamasta, Ward 5

कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपा नेपालका सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता–५ लोखरम निवासी मनोजकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो ।

उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments