Incident Reports

भरुवा बन्दुक, बारुद र छर्रा सहित पक्राउ

2018-12-04

Gandaki, Gorkha, Bhimsen, Ward 4

 भिमसेन गाउँपालिका-४ चौतारा जितबहादुर बिकलाई एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब ५० ग्राम र छर्रा ४७ थान सहित सोही ठाउँबाट मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उनको घरमा तलासी गर्ने क्रममा शौचालय पछाडि लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी जितबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments