Incident Reports

कालोपुलमा गोली चल्यो : प्रहरीसँगको मुठभेडमा खुङ्खार डाका राजन लिम्बु घाइते

2018-12-07

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ ।

उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लिम्बु खुङ्खार डाका हुन् ।

यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने गरेको नाइके समेत भएको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website

0 Comments