Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-07

Gandaki, Baglung, Baglung, Ward 4

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–४ उपल्लाचौरका २२ वर्षीय रामु कुँवर, ३३ वर्षीय हस्तबहदुर खत्री र २२ वर्षीय साजन भन्ने डेल्चन कार्कीलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २२ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २२ गतेनै धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments