Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-22

Madhes, Saptari, Tilathi Koiladi, Ward 5

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाका ४५ वर्षीय गजिया भनिने गजेन्द्र रायलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

सप्तकोशी बाँध छेउमा भएको पीडितको टाँटी बत्तीको घर आरोपितहरूले भत्काएपछि सो रुग्न बसेकी पीडितलाई आरोपितसहित तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाका २८ वर्षीया कारी राय, ४८ वर्षीय गोपी राय र ३५ वर्षीय बिजय रायले कात्तिक ५ गते राति मुखमा रुमाल बाँधेर नजिकैकौ खेतमा लगी बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ६ गते उजुरी दिएकी थिइन् ।

पीडितको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक ६ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको थियो । अन्य आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

गिरफ्तार भएका आरोपितले बुवा–छोरा मिलेर बलात्कार गर्न जाने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएकोले झुठा उजुरी दिएको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments