Incident Reports

विवाहको प्रलोभनमा दलित बालिकामाथि बलात्कार

2018-12-15

Madhes, Mahottari, Bardibas, Ward 4

महोत्तरीमा विवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगेर एक दलित बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।प्रेमको जालमा पारी महोत्तरीको बर्दिबास नगरपालिका- ४ माइस्थानकी १४ वर्षीया बालिकामाथि स्थानीय एक युवकले घनघोर जंगलको बीचमा लगेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ।

बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँकै रविशंकर क्याप्छाकी मगरलाई गिरफ्तार गरिएको डीएसपी खगेन्द्र खड्काले जनाए।उनीमाथि जबरजस्तीकरणीको शीर्षकमा मुद्दा चलाइएको उनले बताए।

बालिका गाउँकै स्कुलमा कक्षा ८ मा पढ्छिन्। आरोपी भने घर बनाउने काम गर्छन्।ती बालिकालाई शनिबार साँझ युवकले भगाएर लगेका थिए। युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको खुलेको छ।

शनिबार साँझ राति करिब १० बजेको समयमा गाउँभन्दा २ किलो मिटर परको जंगलमा पर्ने अताबे र भब्सी खोल्सीको काँस घारीमा लगेर बालिकाको इज्जत लुटिएको स्थानीय नन्दन विश्वकर्माले जनाए।

'साँझ निस्किएकी बालिका अबेर रातिसम्म घर नफर्किएपछि खोजतलास सुरु गरेका थियौं', उनले भने, 'प्रहरीमा बालिका बेपत्ता भएको खबर पनि गरेका थियौं।' युवकमाथि शंका गरी गाउँलेले उनीमाथि पनि खोजी गरिरहेका थिए।'

'रातभरी बालिकामाथि जर्बजस्ती करणी गरेर युवक जंगलमै छोडेर भागे,' प्रदेश- २ का विश्वकर्मा समाजका अध्यक्ष मिन रहपालले भने, 'आरोपी युवालाई बर्दिबासको जंगल एरियाको खयरमारबाट पक्राउ गरेर प्रहरीमा बुझाएका छौं।'केही वर्षअघि मात्रै ती बच्चीले आमा गुमाएकी थिइन्।

पीडित बालिकाको बयान

'शनिबार साँझ मलाई केटाले बोलायो। म सात बजे उनलाई बरगाछीको चौतामा भेटन गएँ। उनले मलाई विवाह गर्छु, भागौं भनेर खोलाको बाटो लग्यो।आज न जाऔं, भोलि १० बजे भागौंला भनेर भने। त्यति खेरसम्म झम्मक साँझ परिसकेको थियो।अबेला भएपछि साथीको घर गएको छु भनेर घरमा भन्छु, भेनेर सोच्दै थिए। त्यो केटोले मान्दै मानेन। हिंड कि हिंड भनिराखेको थियो। म जान्न भन्दै थिए। अनि मानेपछि म गएँ। केटो आफ्नै गाउँको हो, स्कुल जाँदा बोल्नु हुन्छ। भेटेपछि हाँसेर बोल्नु हुन्छ।चिनजान हुँदै गएपछि मायाप्रेम बस्यो।उनीसँग मेरो प्रेम छ। म उसलाई मन पराउँछु। राति ९-१० बजेतिर ममाथि गर्नुसम्म गरे।अनि जंगलमा नै छोडिदिए।भोली बिहान घर आएँ।'


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments