Incident Reports

धम्क्याएको भन्दै बिरोध

2018-10-06

नेपाल शिक्षक महासंघ मकवानपुरले कैलाश गाउँपालिकाका जिम्मेवार पदाधिकारीबाट बिद्यालयमै पुगी शिक्षकलाई धम्की दिने कार्य गरेको भन्दै बिरोध जनाएको छ।
गाउँपालिका, नेपाल शिक्षक महासंघ र शिक्षा बिकास तथा समन्वय एकाईका प्रतिनिधि सम्मिलित कार्यदलले दिएको सुझाव समेत कार्यनवयन नगरेर गाउँपालिकाले आफ्नो अवैधानिक शिक्षक सरुवाको कदमलाई निरन्तरता दिएको भन्दै महासंघ मकवानपुरले शनिबार बिज्ञप्ति जारी गरेको हो।
कुनै निकायबाट शिक्षकको सरुवा गर्ने कार्य प्रचलित शिक्षा ऐन तथा नियमावली र स्थानीय सरकार संचालन ऐनको वास्ता नगरी गाउँपालिकाले निर्णयसमेत गर्ने गरेको बिज्ञप्तिमा उल्लेख छ। आउंदै गरेको दशैं तिहारमा समेत शिक्षकलाई तलब प्राप्त गर्ने अधिकारीबाट बन्चिह्त गराउने षड्यन्त्रले यस्ता कार्य गरेको महासंघले आरोप लगाएको छ।
सहमतिको एकतर्फी उल्लङ्घन गरी गाउँपालिकाले वातावरण धमिल्याएका कारण नयाँ निकासको खोजी गरी उपयुक्त वातावरणमा निर्माण नभएसम्म गाउँपालिकाबाट जारी अवैधानिक सरुवा पत्रकै आधारमा कसैलाई बिद्यालयबाट रमाना नलिन तथा हाजिर हुन् नजान सम्बन्धित शिक्षक एवं प्रधानाध्यापकलाई महासंघले आग्रह गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Local Newspaper - Makwanpur

0 Comments