Incident Reports

समायोजन स्वेच्छिक बनाउन माग गर्दै कर्मचारीद्वारा मन्त्रालय घेराउ

2018-12-20

निजामती कर्मचारीको एक समूहले कर्मचारी समायोजनलाई स्वेच्छिक बनाउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।

कर्मचारीहरुले मन्त्रालयमा भेला भई विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन र घेराउ गरेका छन् ।

पीडित निजामती कर्मचारीको नाममा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा समायोजन स्वेच्छिक बनाउन माग गरिएको हो । ‘समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने व्यवस्था गरियोस’ ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरुले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा संघमा बढुवा वा सरुवा हुन नपाउने व्यवस्था रहेकाले त्यसलाई सच्याउनुपर्ने कर्मचारीहरुको माग छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments