Incident Reports

प्रेममा धोका दिएको भन्दै किशोरीमाथि छुरा प्रहार

2018-12-23

Madhes, Parsa, Parsagadhi, Ward 2

पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएकी छन् ।

पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका-२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।

विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने जयकिशोर पक्राउ परिसकेका छन् ।

सकुन्तलाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनी बडनिहारमा रहेको जनता उच्च कक्षा ११ मा अध्ययनरत थिइन् ।

नेशनल मेडिकल कलेज इमर्जेन्सि इन्चार्ज डा. ओम प्रकाश कुशवाहाका अनुसार सकुन्तलाको अवस्था सुधारोन्मुख छ । ‘सिरियस अवस्था हो । स्टाब इन्जुरी, चक्कुले लेफ्ट लोवर लिपमा प्रहार भएको छ । ७ सेन्टिमिटर काटेको छ,’ उनले भने, ‘ काडिर्योभास्कुलर, जनरल र अर्थोपेडिक सर्जनले मिलेर शल्यक्रिया गर्नुहुन्छ । आउँदाखेरि ब्लड प्रेसर थिएन, अहिले ठीक छ । आउँदाखेरिको भन्दा निकै सुधार भएको छ ।’

यस्तो छ जयकिशोरको बयान

प्रहरीलाई दिएको बयानअनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको दावी जयकिशोरको छ ।

जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको उनको दावी छ ।

पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् । ‘मसँग प्रेममा थिइन्, कसैलाई थाहा नदिइ हामीबीच विवाह नै भयो । उनले नै सबै कामबाट छुटाइन्, अहिले अर्कैसँग फोनमा कुरा गर्न थालेकी छिन्,’ उनले भने, ‘विवाह गर्ने कुरा भइरहेको छ, त्यसैले मलाई किन धोका दिएको भनेर आवेगमा आएर छुरा प्रहार गरेको हुँ ।’

ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने

छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ ।

हतियार नै प्रयोग गरी खस्त घाइते बनाएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरी नायब उपरीक्षक -डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

‘ध्ारिलो हतियार प्रयोग गरेर आक्रमण गरिएको छ । उसले प्रयोग गरेको चक्कु नियन्त्रणमा छ । ज्यान लिने मनशायले घटना घटाएको प्रारम्भिक अुनसन्धानबाट देखिएको छ,’ उनले भने, ‘सोही अनुसार आवश्यक कारबाही पक्रिया अघि बढाउँदैछौं ।’

यता स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित उनीहरुले प्रहरी चौकी मनवाको पर्खालसमेत भत्काइदिएका छन् ।

घटनाको विषयलाई लिएर स्थानीयवासी उग्ररुपमा प्रस्तुत भएपछि प्रहरीसँग झडपसमेत भएको थियो । झडप रोक्न नजिकका प्रहरी चौकीबाट थप सुरक्षा फौज बोलाइएको थियो ।

राजनीतिक अगुवा र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा आक्रोशित स्थानीयको भीड नियन्त्रण गरिएको प्रहरीले जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Police website , Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments