Incident Reports

रिहा भएपछि प्रदीपले भने - 'चरम यातना दिएपछि आरोप स्वीकारेँ'

2018-12-27

निर्मला पन्त हत्या प्रकरणमा संलग्नताको आरोपमा तीन साता प्रहरी हिरासतमा रहेका प्रदीप रावलले प्रहरीको यातनाबाट डराएर आरोप स्वीकारेको बताएका छन्। प्रहरीले झूठो आरोप स्वीकार्न आफूलाई चरम यातना दिएको उनले दावी गरेका छन्।

यसअघि उनले उक्त घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले दावी गरेको थियो।

‘बाटोमा हिँड्ने महिलालाई अभद्र व्यवहार गरेको भन्दै मलाई पक्राउ गरिएकोको थियो’, रिहा भएलगत्तै उनले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘दुई दिन महानगरीय प्रहरी वृतमा राखियो। पछि केन्द्रीय अनुसन्धान ब्यूरोमा नै राखियो।'

    प्रहरी आफैंले किन मेट्छ प्रमाण ?
    निर्मला हत्याप्रकरण : विशाल चौधरी रिहा, भन्छन् ‘मार्ने डर देखाएपछि आरोप स्वीकारेँ’
    आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
    निर्मला प्रकरण : यातना दिएको भन्दै विशालका परिवारले प्रहरीविरुद्ध उजुरी दिए
    निर्मला हत्या प्रकरण : आईजीपी खनालसहितको टोली कञ्चनपुरतर्फ
    निर्मला पन्त प्रकरणमा पक्राउ परेका प्रदीप रावल रिहा
    निर्मलाको हत्यारा खोज्न सरकारले चाहेकै छैन : प्रकाण्ड
    निर्मला प्रकरणमा प्रहरी फेरि असफल

हिरासतमा राखेका बेला यातना दिएरै आरोप स्वीकार्न वाध्य पारेपछि डरले आफू संलग्न भएको बयान दिएको उनको भनाई छ। ‘पक्राउ गरेर लगेपछि मलाई शारीरिक र मानसिक रुपमा निकै यातना दिने काम भयो’, प्रदीपले भने, ‘प्रहरीको यातनाले निकै डराएर आरोप स्वीकारेँ।’

आफूलाई गोली हानेर मारिदिने धम्कीसमेत प्रहरीले दिने गरेको उनको दावी छ। ‘कहिले नाङ्गो पैतलामा हान्ने गर्थे त कहिले शरीरका अन्य भागमा’, उनले सुनाए, ‘दौडिन लगाउँथे र भाग्यो भन्दै पछाडिबाट गोली हानेर मारिदिने भन्थे।'

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि भन्दै उनलाई काठमाडौंबाट मंसिर १७ गते पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि प्रदीप बुधवार दिउसो छुटेका हुन्। माघ १० गते पुनः उपस्थित हुन भन्दै प्रशासनले उनलाई तारेखपत्र थमाएको छ।

रावलको डिएनए निर्मलाको भजाइनल स्वाबबाट निकालिएको डिएनए नमूनासँग नमिलेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि उनी छुटेका हुन्।

काठमाडौंमा छोरा प्रदीपलाई भेटेर बुधवार मात्रै घर फर्किएका बुवा टेकबहादुर रावलले छोरालाई कञ्चनपुरमै ल्याएर छोडने भनेपछि आफू यता आएको बताए। उनीसँगै पक्राउ परेका विशाल चौधरी पनि केही दिन अघि छुटेका थिए। प्रहरी हिरासतमा उनलाई समेत मानसिक र शारीरिक यातना दिएपछि स्वास्थ्य बिग्रेको भन्दै उपचारका लागि काठमाडौं लगिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments