Incident Reports

व्यापारी माथि ज्यादती गरेको भन्दै अनिश्चितकालिन गौर बजार बन्द

2018-12-28

Madhes, Rautahat, Gaur

 प्रहरीले व्यापारी माथि ज्यादती गरेको भन्दै उद्योग बाणिज्य संघ रौतहटले अनिश्चितकालिन गौर बजार बन्द गराएकाे छ। व्यापारीहरुलाई स्थानीय प्रशासनले दुःख दिएको आरोप लगाउँदै रौतहट उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन्।

गौरबाट सिमावर्ती क्षेत्रका गाउँहरुमा विल भर्पाइ सहित मालसामान लैजाने क्रममा नेपाल प्रहरीले अनावश्यक रुपमा नियन्त्रणमा लिएर नक्कली मुचुल्का उठाएर पटक पटक व्यापारीलाइ दुःख दिने गरेकाे विरोधमा जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले अनिश्चितकालिन बन्दकाे घाेषणा गरेका हुन्।

सरकारलाई कर तिरेर भ्याट विल सहित सामान लैजाने क्रममा समेत प्रहरीले विल भर्पाईको व्यवास्ता गरी लाखौंको मालसामानहरु राजस्व कार्यालय, गौर भन्सार कार्यालयमा बुझाएर अनावश्यक रुपमा दुःख दिएका कारण व्यापारीहरु शान्तिपुर्वक व्यापार व्यवसाय गर्नु पर्ने माग गर्दै संघर्षमा उत्रनु परेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवालले बताए।

रौतहट १८ वटा स्थानीय तहमा विभाजित भएपछि गौरमा व्यापारिक प्रतिष्ठानहरु धारासायी हुँदै गएको र त्यसमा पनि भारतबाट आउने सामानहरुमा प्रहरीकै मिलोमतोमा निर्वाध रुपमा आईरहेको तर नेपालबाटै सामान किनेर नेपालमै लैजादा विदेशमा तस्करी भयो भनेर सामान समातिनु साह्रै निन्दनीय कार्य भएकोमा दुःख व्यक्त गर्दै अध्यक्ष जयसवालले रौतहटका व्यापारीहरुको सामान सुरक्षित नहुँदा निर्वाध व्यवसाय गर्नमा समस्या थपिएकाे बताए।

रौतहटका एसपी केदार ढकालले कानुनले दिएको छुटको गलत फाइदा उठाएका कारण सिमावर्ती क्षेत्रका व्यापारीहरुले दुःख पाएको बताए। खपतको मात्रा भन्दा अत्याधिक मात्रामा केराउ लगायतका अन्य सामग्रि भारतीय सिमाना नजिकका गाउँहरुमा लैजान थालेपछि प्रहरीले शंका उपशंका गर्नु जायज कुरो रहेको उनले बताए। सिमावर्ती क्षेत्रबाट भारतीय भूमि तर्फ ठूलो परिमाणमा केराउको तस्करी भइरहँदा सो को नियन्त्रणको लागि प्रयास गर्दा व्यापारीहरुले अनावश्यक रुपमा बखेडा गरेको एसपी ढकालले आराेप लगाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments