Incident Reports

प्रदेश २ मा शैक्षिक हडतालले पठनपाठन ठप्प

2018-12-27

अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आव्हान गरेको दुई दिने शैक्षिक हड्तालका कारण विहिवार दोश्रो दिन पनि प्रदेश २ का सम्पूर्ण सरकारी विद्यालयको पठनपाठन ठप्प भएको छ ।  

    अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आव्हानमा प्रदेश २ मा विद्यालय बन्द गरिएको थियो ।  हडतालको कारण ८ वटै जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको थियो । विद्यालय ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

    महासंघका सचिव विश्वनाथ भदेसवार यादवले विभेदकारी परीक्षा लिई वर्षौदेखी काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई हटाउने प्रपञ्च रचेको बिरुद्ध आन्दोलन स्वरुप शैक्षिक हड्तालमा उत्रेको जनाउँदै अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको जनाए ।

शैक्षिक हड्तालका कारण प्रदेश २ का सबै जिल्लाहरुमा विद्यालय बन्द भएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक सुरेशकुमार यादवले दावी गरे ।

शिक्षक सेवा आयोगको गत असार २९ र ३० गते सम्पन्न आन्तरिक परीक्षामा सामेल भएका मध्ये असफल शिक्षकहरुलाई पनि विस्थापित गर्न नपाइने भन्दै आन्दोलन सुरु भएको हो ।

सरकारले अस्थायी शिक्षकहरुलाई परीक्षामा उतिर्ण हुन नसके एकमुष्ट रकम दिएर विदाई गर्ने निर्णय गरेको थियो ।सो निर्णयमा अस्थायी शिक्षक लगायत विभिन्न संघसंगठनहरुले समर्थन जनाएको थियो ।शिक्षकहरुका अनुसार सिट रिक्त राखेर परीक्षार्थीहरुलाई अनुतिर्ण गराईएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments