Incident Reports

चकलेट दिन्छु भन्दै ५ बर्षीया बालिका बलात्कार

2018-12-31

Madhes, Parsa, Pakahamainpur

पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा ५ बर्षकी बालिकामाथि बलात्कार भएको छ । छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् ।

आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए ।

पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए ।

‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ । आरोपी फरार छन् । खोजी भइरहेको छ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments