Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-12-31

Province 1, Morang, Biratnagar, Ward 10

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला सप्तरी राजविराज नपा–१ का २५ वर्षीय ज्ञानेन्द्रशरण साहलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।

विराटनगर मनपा–१० संसारीमाई स्थानमा रहेको एडुमार्क इन्स्टिच्युटमा शिक्षक रहेका साहले पुस १५ गते सामाजिक विषय कमजोर भएकोले घरमा पढ्न भनी बोलाएर बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पुस १६ गते इन्स्टिच्युटमा भेला भएका विद्यार्थीहरूले शिक्षकको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

गिरफ्तार गरिएका शिक्षक माथि आवश्यक छानविन भइरहेको भएपनि पीडितले प्रहरी कार्यालय आएर उजुरी दिन नमानेका कारण अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको बताए ।

शिक्षक गिरफ्तार गर्न गएका प्रहरीमाथि नै विद्यार्थीहरूले आफ्ना साथीमाथि बलात्कार प्रयास गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै हातपात गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments