Incident Reports

समायोजनविरुद्ध सडकमै उत्रिए निजामती कर्मचारी

2018-12-31

कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामती कर्मचारी सडकमै उत्रिएका छन् । आफूहरुको वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेर सामान्य प्रशासन मन्त्रालयमा गुनासाे गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता गरेको भन्दै सडकमै उत्रिएका छन् ।

निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै कर्मचारीहरु सडकमै उत्रिएका हुन् ।

नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन स‌ंघको आह्वानमा भएको प्रदर्शनमा कर्मचारीहरुले तीनवटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments