Incident Reports

पर-पुरुषसँग सम्बन्ध राखेको आशंकामा २२ वर्षीया पत्नीको हत्या

2018-12-19

Gandaki, Nawalparasi West, Bardaghat, Ward 2

विवाहेत्तर सम्बन्ध आशंकामा आफ्नै पत्नीको हत्या गर्ने एक व्यक्तिलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरका सुनिल चौधरीलाई आफ्नै पत्नी २२ वर्षीया कमला चौधरीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनिलले गत पुस ४ गते कमलाको हत्या गरी जंगलमा फालेका थिए । हत्यापछि उनले कमला हराएको भन्दै संचारमाध्यम र प्रहरीकहाँ निवेदन समेत दिएका थिए ।

हत्या गरेकै दिनदेखि चौधरीले श्रीमती हराएको भन्दै स्थानीय सञ्चारमाध्यम र प्रहरी कहाँ निवदेन दिएका थिए । हत्याको १४ दिनपछि मात्रै बर्दघाट नगरपालिकाको चिसापानी जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) विरेन्द्र थापाले बताए ।

उनको शव पुस १८ गते राती नग्न अवस्थामा प्रहरीले फेला पारेको होे । घाँस दाउरा खोज्न जाने क्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पात र झारले छोपेको अवस्थमा झाडीबाट शव बरामद भएको हो ।

दाउरा खोज्न जाने बहाना बनाएर चौधरीले कमलालाई जंगल लगेका थिए । कहिल्यै पनि जंगल नजाने चौधरीले हत्याको पूर्वयोजना नै बनाएर उनलाई जंगल लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा छ । साथै चौधरीले श्रीमतीका शरीरमा चिथोरेर लगाएका सबै कपडा च्यातेर फालेको पनि देखिने प्रहरीको भनाइ छ ।

शवलाई बलात्कार प्रकृतिको बनाएर आफ्नो गल्ती छोप्ने योजनाको रुपमा यसो गरेको हुनसक्ने प्रहरीको भनाइ छ । मृतकको शव शंकास्पद देखिएपछि प्रहरीले चौधरीलाई नै अनुसन्धान गरेपछि उनले हत्या स्वीकार गरेका हुन् ।

यस क्रममा चौधरीले श्रीमती अन्य व्यक्तिहरुसँग बढी बोलचाल गर्नेे गरेकाले हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । घटनाकै दिन पनि जंगलमा पुगेपछि श्रीमतीको मोबाइलमा अन्य पुरुषले फोन गरेको र कुरा गर्न खोज्दा नदिएपछि दुईजना बीच भनाभन भएको थियो ।

कमलाको मोबाइलबाट विभिन्न समयमा अन्य मोबाइलमा कुरा गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । जुन कुराकै आशंकामा सुनिल र कमलाबीच झगडा हुँदैआएको थियो । चौधरीले अन्य पुरुषसँग सम्बन्ध राखेको आशंकामा हत्या गरेको पनि प्रहरीसँग स्वीकार गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments