Incident Reports

इञ्जिनियरलाई वडा अध्यक्षको धम्की

2019-01-07

Sudurpashchim, Baitadi, Surnaya, Ward 6

प्रदेश सरकारबाट विनियोजित सडक योजनाको सर्भे गर्न आएका इञ्जिनियरलाई सुर्नया गाउँपालिका–६ का अध्यक्ष जयबहादुर कुँवरले जुत्ताको माला लगाउने धम्की दिएपछि इञ्जिनियरले तनाव भएको बताएका छन् ।


सुदूर पश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले बैतडीको विजयपुरलाई सडक सञ्जालसँग जोड्न १ करोड रुपियाँ विनियोजित गरेको छ ।


उक्त सडक सर्भे गर्न आएका इञ्जिनियर कोषराज जोशीको प्राविधिक टोली सुर्नया गाउँपालिका पुग्दा वडाध्यक्ष कुँवरले लिखित निर्देशन दिएका छन् ।


उक्त निर्देशन नमाने जुत्ताको माला लगाउने धम्की पाएको इञ्जिनियर जोशीले बताए । २० किलोमिटर सडकको सर्भे गर्ने क्रममा आफूले भनेको ठाउँबाट सडक सर्भे नगरे जुत्ताको माला लगाउने धम्की दिएको बताउँदै इञ्जिनियर जोशीले भने–‘मसँग त्यसको कल रेकर्ड छ ।’


वडाध्यक्ष कुँवरले भने जनताले स्कुल र हेल्थपोष्ट छोएर सडक लैजानु पर्ने माग गरेकोले लिखित निर्देशन दिएको प्रतिक्रिया दिए । जनताले माग गरेको ठाउँबाट सर्भे नगरे त्यसको जिम्मेवारी प्राविधिकले लिनुपर्ने मात्रै भनेको वडा अध्यक्ष कुँवरको भनाई रहेको छ ।


स्थानीय भगिरथ कुँवरका अनुसार हेल्थपोष्टमा यस अघिनै सडक पुगिसकेको छ । एक वर्षअघि आफैँ सडक उपभोक्ता समितिको अध्यक्ष भएर हेल्थपोष्टसम्म सडक पु¥याएको भगिरथ कुँवरले बताए । विजयपुर जाने सडक पनि हेल्थपोष्ट भएर लैजाँदा लामो हुने उनले बताए ।


सुर्नया गाउँपालिकाबाट पुरचौडी नगरपालिकाको विजयपुर पुग्ने सडक भएकाले स्कुल र हेल्थपोष्ट भएर सर्भे गर्दा सडकको ग्रेड नमिल्ने इञ्जिनियर कोषराज जोशीको भनाई छ ।


‘साना सडक स्थानीय तहको सरकार आफैँले निर्माण गर्न सक्छ । यो सडक योजना प्रदेश स्तरीय भएकाले टोलटोलमा घुमाउन सकिँदैन । प्राविधिक दृष्टिले त्यस्तो सडक उपयुक्त पनि हुँदैन ।’–इञ्जिनियर जोशीले भने ।


नरी बडु


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments