Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-01-04

Madhes, Dhanusha, Hansapur, Ward 8

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपित धनुषा जिल्ला हंसपुर नपा-८ का ४८ वर्षीय कल्याणबहादुर कार्कीविरूद्ध पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले पुस २० गते दिउँसो चकलेटको प्रलोभन देखाएर आफ्नै घरमा लगी बलात्कार गरेको आरोप छ ।

पीडित बालिका घर पुगेपछि उनकी आमाले घटनाबारे थाहा पाएर उपचारको लागि अस्पताल लगेकी थिइन् । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि जनकपुर लगिएको छ ।

अत्याधिक रक्तस्रावका कारण बालिकाको अवस्था नाजुक रहेको बताइएको छ । पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा पुस २१ गते गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर उमाशङ्कर साहले बताए ।

पीडित परिवारले आरोपीविरूद्ध सोही दिन उजुरी दिएको र आरोपितलाई गिरफ्तार गर्न प्रहरी परिचालन भइसकेको इन्स्पेक्टर साहले जानकारी दिए ।


अजयकुमार साह


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments