Incident Reports

छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु

2019-01-09

Sudurpashchim, Bajura, Budhinanda, Ward 9

बाजुराको बुढीनन्दा नगरपालिका–९ साविकको पाण्डुसेन गाविसको अगाउपानीमा मंगलबार राति छाउगोठमा भएको आगलागीमा २ छोरासहित आमाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरु ९ वर्षीय सुरेश र ७ वर्षीय रमितको मृत्यु भएको हो ।


‘मृतकको कपडा मात्रै जलेका छन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान छ’, अगाउपानीका स्थानीय अगुवा पुरबहादुर रावतले भने, ‘घरको छेवैमा बनाइएको छाउगोठभित्र उनीहरुको मृत्यु भएको हो ।’ बिहान अबेरसम्म बाहिर नआएपछि सोधिखोजी गर्ने क्रममा गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताइन् । सदरमुकामबाट प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ हिँडेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

घटनास्थल सदुमुकाम मार्तडी र कोल्टीको बीचमा पर्दछ । त्यहाँ पुग्न मार्तडीदेखि ५ घण्टाको पैदल दूरी हो ।

0 Comments