Incident Reports

बलात्कार आरोपित फरार

2018-12-30

महिलालाइ बलात्कार प्रयास गरी भीमफेदी गाउँपालिका स्वारामा रहेको आँपचौर प्राथमिक बिद्यालयका प्रधानाध्यक पुष्पराज अधिकारी फरार भएका छन्।


पुष ३ गते फरार भएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको करिब दुई हप्ता बित्दासमेत आरोपित अधिकारी फरार रहेका छन्।

स्थानीय बिद्यालयमा कार्यरत एक सहयोगीको पत्नीलाई अभद्र व्यवहार गर्दा स्थानीयले रंगेहात भेटेपछि रातभर बाँधेर राखिएका अधिकारी एकाएक बिहान फरार भएका थिए। उनलाई बाँधिएको अवस्थामा कसले फरार बनाउन भूमिका खेलेको हो भन्ने बिषयमा समेत प्रहरी अनविज्ञ छ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले अधिकारीको खोजी भैरहेको बताए। एक प्रहरीले उनले बलात्कार नभएर अभद्र व्यवहार गरेको भन्ने किटान गरेर उजुरी गरिएको बताए।

घटनाको पिडितसंग बुझ्दा पिडित सम्पर्कमा आउन नचाहेको प्रहरी दाबी छ। प्रअले यस अघिसमेत महिलामाथि यस्ता क्रियाकलाप गर्ने गरेको र घटना गाउँमा नै मिलाउने प्रयत्न भएको स्थानीयले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments