Incident Reports

दुई थान भरुवा बन्दुकसहित होटेल व्यवसायी पक्राउ

2019-01-10

Sudurpashchim, Doti, Bogatan Fungshil, Ward 5

डोटीमा दुई थान भरुवा बन्दुकसहित एकजना होटेल व्यवसायी पक्राउ परेका छन् ।

डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका ५ कन्के ढुंगा बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मगरले सञ्चालन गरेको होटेलमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।

National/Online Media

0 Comments