Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-01-10

Province 1, Bhojpur, Shadananda, Ward 2

भोजपुर, २६ पुस षडानन्द नगरपालिका–२ बस्ने ३४ बर्षीय जयकुमार गुरुङ र सोही ठाउँ बस्ने २१ बर्षीय गोविन्द गुरुङलाई भरुवा वन्दुक १ नाल र खुकुरी १ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दशकठ्ठे जंगलको बाटोमा प्रहरी चौकी कुदाकाउलेको प्रहरी गस्ती टोलीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments