2019-01-13
बाजुरा - जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।
भाट स्वयंकै नेतृत्वमा मार्तडीआसपासमा टोली खटिएको छ। पहिलो चरणमा प्रहरीले छाउगोठ रहेको स्थानको पहिचान तथा संख्या यकिन गर्ने रणनीति बनाएको छ। भाट नेतृत्वको टोलीले बडिमालिका–१, २ र ९ का विभिन्न टोलमा पुगेर गोठको अवस्था अध्ययन गरेको छ। सूक्ष्म रूपमा अध्ययन सुरु गरिएकाले तत्काल सूचना बाहिर ल्याउन नसकिने प्रहरीले बताएको छ। पिलुचौर प्रहरीले बाँधुआसपास र विमानस्थल सुरक्षा गार्डले कोल्टीबजार र आसपासको गाउँबाट छाउगोठको संख्या लिन सुरु गरेको जनाइएको छ। दुई साताभित्र जिल्लाभरिका छाउगोठको संख्या यकिन गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।
पहिलो दिन मात्र एक दर्जनभन्दा बढी छाउगोठ भेटिएको प्रहरी दाबी छ। ‘कसको र कहाँ भन्नेबारे जानकारी दिँदैनौं, परिवारलाई सम्झाउँछौं, नमाने सार्वजनिक गरेर सबैको रोहबरमा भत्काउँछौं,’ कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक भाटले भने। अमानवीय कार्य र कानुनविपरीत कार्यलाई प्रहरीले हेरेर बस्न नसक्ने भाटको भनाइ छ। ‘सामान्य हो, बिस्तारै सचेतनाबाटै अन्त्य हुन्छ भन्ने लाग्थ्यो,’ उनले भने, ‘पाण्डुसैनको घटनाले गम्भीर भएर सोच्न बाध्य बनायो।’ सिंगो परिवार नै गुमाउनुपर्ने पीडा अब अरूले सहनुनपरोस् भन्ने मान्यता राखेर अभियान सुरु गरिएको भाटले बताए। छाउपडी प्रथालाई पहिलोपटक ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ले फौजदारी अपराध भनेको छ। छाउपडी बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था सो ऐनले गरेको छ।
ज्यान लिने गोठ भत्काइयो
बुढीनन्दा–९ अंगाउपानीको ज्यानमारा छाउगोठ भत्काइएको छ। गत बुधबार राति अम्बा बोहरा र उनका दुई छोराको ज्यान लिएको गोठ प्रहरीको निर्देशनमा स्थानीयले भत्काएका हुन्। घटनापछि सो गोठलाई लिएर स्थानीय आक्रोशित रहेको वडाध्यक्ष खडक बोहराले बताए। ‘छाउगोठ भत्काउनमा महिलाहरू बढी सक्रिय देखिए,’ उनले भने। गोठ भत्काउने कार्यको अगुवाइ गरेका वडाध्यक्ष बोहरा मृतकको परिवारभित्रकै हुन्। सो गोठ १० परिवारले प्रयोग गर्ने गरेका ए। देउता रिसाए पनि धामी रिसाए पनि अब घरभित्रै बस्ने अठोटसहित महिलाहरूले वर्षौं पुरानो सो छाउगोठ अवशेषसमेत नरहने गरी भत्काउन साथ दिएको बोहराको भनाइ छ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19