Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-11

Sudurpashchim, Bajura, Budhiganga, Ward 8

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढिगङ्गा नगरपालिका–८ का ४७ वर्षीय दलबहादुर थापालाई माघ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २७ गते बलात्कार गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाएका छन् ।

पीडित बालिकाका अभिभावकले पुस २७ गते नै अरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि उजुरी दिएको बताएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय, बाजुरामा  माघ १ गते गरिएको छ । आरोपितले बलात्कार नभएर सहमतिमा शारीरिक सम्पर्क भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।

१८ वर्ष मुनिका बालिकाहरूसँग सहमतिमा शारीरिक सम्पर्क भएपनि बलात्कार नै मानिने कानुनी व्यवस्था रहेको पनि भाटले बताए ।


पदमबहादुर सिंह


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments