Incident Reports

मुआब्जा नदिएको भन्दै नुवाकोटका सडक प्रभावितद्वारा जिल्ला बन्द

2019-01-20

६ माघ, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् ।

आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन् ।

मुआब्जापीडित सङ्घर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका छन् । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखानासमेत प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप सङ्घर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए ।

त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भनेर आयोजनाले मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए । उनका अनुसार कानून अभावमा पीपलटारदेखि ढुङ्गेसम्मको जग्गाको मुआब्जा दिन नसक्ने अवस्था छ ।

पीपलटार–ढङ्गे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । उक्त सडक ८२ किमी दूरीको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments