Incident Reports

चितवनमा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत

2019-01-21

Bagmati, Chitawan, Rapti, Ward 13

चितवनमा एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् ।

चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा मंगलबार बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६ गते धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले जंगलको बाटो हिँडिरहेको मौका छोपेर दुईमध्ये १६ वर्षीया किशोरीलाई कब्जामा लिएका थिए ।

ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए । १० वर्षीया बालिकाले घर गएर घटनाबारे बताएपछि मितेरी फाउन्डेसन, स्थानीयबासी र प्रहरीको टोलीले दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा बलात्कृत किशोरीलाई फेला पारेको थियो ।

घटनास्थलबाट उद्धार गरिएकी बलात्कृत किशोरी र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई मंगलबार बिहान २ बजेतिर चितवनको भरतपुर अस्पतालमा उपचारका लागि ल्याइपुर्‍याइएको छ ।

मितेरी फाउन्डेसनका अध्यक्ष सिलवालका अनुसार बलात्कृत १६ वर्षीया किशोरी विक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।

पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनःस्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी पक्रेर हदैसम्मको कानुनी सजाय गर्न मितेरी फाउन्डेसनले सरकारसँग माग गरेको छ ।

चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि मितेरी फाउन्डेसनको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् । उनीहरू सबै हाल विद्यालयले दिएको जाडो विदामा घर आएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Chitwan

0 Comments