Incident Reports

वडा कार्यालयमा तालाबन्दी, वडाध्यक्षमाथि दुर्‍व्यवहार

2019-01-21

Madhes, Saptari, Rajbiraj, Ward 13

राजविराज नपा–१३ का स्थानीयवासीले तारपोल विस्तारका लागि दिएको उजुरी सो वडाका वडा अध्यक्ष राजेन्द्रप्रसाद यादवका छोरा ४५ वर्षीय सुरेन्द्र यादवले च्यातिदिएको विरोधमा वडावासीले माघ ७ गते वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय बासिन्दाले तारपोल विस्तारका लागि दिएको निवेदनमा माघ ७ गते वडा अध्यक्षले सिफारिश गरिरहेकै बेला उनका छोरा सुरेन्द्रले च्यातिदिएको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय सुकदेव यादवले बताए ।

नाराबाजी गर्दै स्थानीयवासीले वडा अध्यक्ष राजेन्द्रप्रसाद यादवलाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका हुन् ।

गुनासोसहितको उजुरी लिएर माघ ८ गते राजविराज नगरपालिका कार्यालय आएका वडावासीले निवेदन च्यात्नेमाथि आवश्यक कारवाही गर्न माग गरेको नगरपालिकाकी उपप्रमुख साधना झाले बताइन् ।

मनोहरकुमार पोखरेल


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments