Incident Reports

प्रहरीले केराउ बरामद गरेपछि वीरगञ्जमा ब्यापारीको प्रदर्शन

2019-01-24

पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुलमा व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । २५ टन केराउ लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।

तिलावे पुलबाट प्रहरीले गएराति २५ टन केराउ लोड भएको ना४ख १२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

भारततर्फ अवैध रुपमा लैजान लागेको अवस्थामा केराउ नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ ।

मधुवनका आदर्शकुमार साह लगायतले केराउ खरिद गरी भारत लैजाँदै गरेको दावी प्रहरीको छ ।

तर व्यापारीहरुले भने रानीघाटस्थित बालाजी सप्लायर्सबाट १६ लाख ७५ हजार मुल्यमा खरिद गरेको २५ टन केराउ बहुअर्वाभाठामा रहेेको संदिप सप्लायर्समा लगिरहेको बेला प्रहरीले तस्करीको केराउ भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

उनीहरुले प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तिलावेमा टायर बालेर प्रदर्शन गरेका थिए ।

व्यापारीहरुले टायर बालेर प्रर्दशन गरेका कारण ग्रामिण क्षेत्रमा जाने एक मात्र सडकमा लामो जाम लागेपछि प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रदर्शन गरी यातायात अवरुद्ध पार्ने ६ जना व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले प्रदर्शनमा संलगन उत्तम भनिने निरञ्जन तिवारी, सोनालाल साह, नवल किशोर साह, दामोदर तिवारी, चिन्टु तिवारी, रवी गुप्ता र सन्तोष गुप्तालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले तस्करीको केराउ समातेका विरोधमा प्रदर्शन गर्ने ७ जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘७ जना प्रदर्शनकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रदर्शनको समाचार संकलन गर्न गएका केही पत्रकारलाई समेत प्रहरीले दुब्र्यबहार गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments