Incident Reports

समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि प्रहरीद्वारा लाठी चार्ज

2019-01-24

Madhes, Parsa, Birgunj

तिलावेपुलमा गरिएको सडक जामको समाचार सङ्कलनका लागि गएका पत्रकारलाई प्रहरीले लाठी चार्ज गरेको छ ।

सडक जाम गरेर अवरोध सृजना गर्नेहरूलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पार्दै गरेको दृष्य सङ्कलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको पत्रकारको आरोप छ ।

प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेका जनता टिभीका पर्सा सम्वाददाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका सम्वादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।

घटनापछि नेपाल पत्रकार महासङ्घ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरूले माघ ११ गते बिहानसम्म कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादु राई नेतृत्वमा रहेको टोलीभित्रका प्रहरी हवलदार हरेराम महतोले पत्रकार उपर लाठी चलाएका थिए ।

पर्सा प्रहरीले राति विरगञ्ज पोखरिया सडक खण्डको तिलावे पुलबाट नियन्त्रणमा लिइएको केराउ लोड भएको ट्रकको नक्कली मुचुल्का गरेको भन्दै विरूद्धमा व्यवसायीले प्रदर्शन गरेका थिए ।

पर्साको मुख्य मार्गको रूपमा रहेको पदम रोड अवरूद्ध गरी व्यवसायीले प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments