Incident Reports

गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

2019-01-26

Bagmati, Kathmandu, Kathmandu

विवेकशील नेपाली दलले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको उल्लेख गर्दै शनिबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

माफियाको सर्वोच्चता कामय हुनेगरी डा. केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरिएको भन्दै विवेकशील नेपाली दलले शनिबार काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले माफियाको सर्वोच्चता हुनेगरी विधेयक पारित गरेपछि त्यसको विरोध गर्नु परेको दलका अध्यक्ष उज्वल थापाले जानकारी दिए ।

प्रर्दशनका क्रममा दलका नेता÷कार्यकर्ताले डा. केसीसँग गरिएको सहमति विपरित विधेयक पारित गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

दलले संसदीय सर्वोच्चताको नाममा माफियाको सर्वोच्चता हुने गरी सो विधेयक पारित गरिएको उल्लेख गर्दै नागरिक सर्वोच्चता स्थापित गराउन सडक संघर्ष सुरु गरिएको पनि स्पष्ट पारेको छ ।

अध्यक्ष थापाले सरकारले अनसनरत डा. केसीको माग सम्बोधन नगरेसम्म सडक संघर्ष जारी राख्ने चेतावनी पनि दिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments