Incident Reports

ट्रिप्परको ठक्करले बालिकाको मृत्यु, स्थानीयले ६ वटा ट्रिप्पर जलाए, केही स्थानमा कर्फ्यू

2019-01-28

Province 1, Morang, Biratnagar

विराटनगर-  मोरङको सुन्दर हरैंचा— ९ स्थित सिसौघारीमा ट्रिप्पर ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोमबार विहान  विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिफरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो।

तीव्र गतिमा आइरहेको  टिफरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ। ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चौक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परे लगत्तै स्थानीयले सडकमा आउने सबै टिफरमा आगो लगाउन थालेपछि स्थानीय प्रशासनले निषेधआज्ञा जारी गरेको छ।

मोरङमा प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार विराटचोक देखि दक्षिण, वेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे पूर्वको भागमा निशेधाज्ञा जारी गरिएको छ। उनका अनुसार सवा ११ बजेदेखि लगाइएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा गुडिरहेका अन्य ६ वटा  टिपरमा पनि आगो लगाएका छन्।

दुर्घटना लगत्तै विराटचोक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ। 

 

 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 6
Severely damaged Vehicles 6
National/Online Media

0 Comments