Incident Reports

तनावग्रस्त विराटचोक : टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि निषेधाज्ञा जारी

2019-01-28

Province 1, Morang, Biratnagar

मोरङ– टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि विराटनगर (विराट चोक) क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर पछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् ।उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ केसीका अनुसार विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ । तर, स्थानीयले निषेधाज्ञाको अवज्ञा गरेर प्रदर्शन गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments