Incident Reports

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

2019-01-30

विद्यार्थी सङ्गठनले आह्वान गरेको जिल्ला बन्दले कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।

सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द आह्वान गरेको छ ।

बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ । 

महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा सङ्घ–सङ्गठन त्यसको विरोधमा उत्रेका हुन् । अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए । बन्दका कारण सयौँ यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन् ।

चन्दले भने, ‘प्रक्रिया मिचेर पहुँचका भरमा सरकारी जग्गाको दुरुपयोग गरिएको छ ।’ अवैध जग्गा लिज खारेजी, निर्माण गरिएका अवैध संरचना भत्काउनुपर्ने र कानून मिचेर जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आन्दोलरत पक्षको माग छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन थालेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of public land
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments