Incident Reports

गाई मारेको अभियोगमा ३ जना पक्राउ

2019-01-30

Bagmati, Makawanpur, Bakaiya, Ward 12

गाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्वी मकवानपुरको बकैया गाउँपालिका १२ का उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बकैया गाउँपालिका १२ निगालेका ५४ बर्से कृष्णबहादुर गोले, १८ बर्से विजय न्यासुर र बकैया ११ का १८ बर्सेसुवास टुप्पा रहेका जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारेको हो। 

0 Comments