Incident Reports

अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै मण्डलामा प्रदर्शन

2019-01-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काँग्रेस निकटका विभिन्न संघ सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित डा.केसीले अनशन थालेको २३ औं दिन हुँदा समेत माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएको भन्दै दवावस्वरुप उनीहरुले प्रदर्शन गरेका हुन् । डा.केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै मण्डलामा संयुक्त प्रदर्शन गरिएको काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले जनाएको छ ।  उनीहरुले माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेका थिए । प्रदर्शनकारीहरुले डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए । यसैबीच विवेकशील नेपाली दलले पनि डा.केसीको  जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेको छ । सो दलले मैनबत्ती बालेर प्रदर्शन गरेको थियो । तस्विर: सुवास श्रेष्ठ/ रातोपाटी 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments