Incident Reports

सरकारविरुद्ध कांग्रेस निकट पेशाकर्मीको प्रदर्शन

2019-01-31

Bagmati, Kathmandu, Kathmandu

  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस समर्थित पेशागत संघ, संस्थाहरुले आमरन अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

ती संघ संस्थाहरुले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गर्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन् ।

उनीहरुले डा. केसीसँग गरिएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको भन्दै सरकारविरुद्ध नाराबाजी पनि लगाएका थिए ।

डा. केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षाका लागि पहल गर्न ढिलाई नगर्न पनि कांग्रेस निकट पेशागत संघ, संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विरोध प्रर्दशनमा कांग्रेस निकट चिकित्सक, वकील, पत्रकार, मानव अधिकारवादी, बुद्धिजीविलगायत सहभागी थिए ।


     


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments