Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-02-02

Lumbini, Dang, Shantinagar, Ward 1

शान्तिनगर गाउँपालिका-१ बागखोरबाट सोही गाउँपालिका बस्ने ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका-१ बस्ने २९ वर्षीय दिपक खत्री र १६ वर्षीय तिलक वलीलाई भरुवा बन्दुक २ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सामुदायिक वनमा शिकार गर्न जाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments