Incident Reports

मदरसामा झडप, दुई घाइते

2019-02-02

Madhes, Sarlahi, Chakraghatta, Ward 4

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरको मदरसामा झडप हुँदा दुईजना घाइते भएका छन्। शनिबार आर्थिक हिसाव किताब सुनाउने क्रममा रिजबिया हिदातुल मुस्लमिन मदरसामा झडप भएको हो। 

वार्षिक हिसाब किताब सार्वजनिक गर्न बोलाइएको छलफलमा कारोवार पारदर्शी नभएको भन्दै एक पक्षले अरोप लगाएपछि झडप भएको हो। झडपमा स्थानीय ४८ वर्षीय मोहमद रेजा र ४५ वर्षीय सेख सहिद दुलाल घाइते भएका छन्। 

हिसाब किताब मिलेन भनेर विरोध जनाउँदा आफुले के मिलने भनेर प्रश्न गरेपछि विपक्षीले लट्ठीले पिट्न थालेको घाइते मोहमद रेजाले जानकारी दिए। रेजाको टाउको र ढाडमा चोट लागेको छ भने सेख सहिदको टाउको र नाकमा चोट लागेको छ। सेख सहिद दुलालको नाकमा ६ वटा टाँका लगाइएको छ। 

उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। विवाद हुनेबित्तिकै प्रहरी   घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। 

घटनास्थलमा स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी टोली खटाइएको थियो। मदरसामा ५ सयभन्दा बढी विधार्थी छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Muslim
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Muslim
Actor 2 - Youth unknown
Total Injured 2
Total Abducted 00
National/Online Media , Local Newspaper - Rautahat

0 Comments