Incident Reports

छोराहरुको पालनपोषणको खर्च माग्दै पत्नीलाई कुटपिट

2019-01-31

Madhes, Rautahat, Durga Bhagwati, Ward 2

भगवतीमाई गाउँपालिका–२ रुमकी २२ वर्षीया बसन्ती सुनारसँग उनका पति २५ वर्षीय भरत बिकले छोराहरूलाई पालनपोषणमा लागेको खर्च आफूलाई फिर्ता गर्नुपर्ने भन्दै माघ १७ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

अढाई वर्ष कतार बसेर दुई साताअघि मात्र फर्किएका भरतले चार वर्षीय जेठो छोरा आशिष र तीन वर्षीय कान्छो छोरा अभिषेकलाई पढाउन र संरक्षणको लागि सदरमुकाममा डेरा गरी बसेको खर्च मेरो जिम्मेवारी हुँदैन तिमीले माइतीबाट तिर्नुपर्छ भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पतिको सल्लाहमै सदरमुकाममा बसेको र कतारबाट पठाएको २ लाख ८० हजार रुपियाँको खर्च विवरण मध्ये डेराको भाडा र खानबस्न समेत लागेको १ लाख ३५ हजार रुपियाँ माइतीबाट आफूलाई तिर्नुपर्ने भनी दबाब दिएको बसन्तीले सुनाइन् ।

बाँकी १ लाख ४५ हजार रुपियाँ बचत रकम लिइसकेर खानबस्न लागेको खर्च भरतले मागेको उनले बताइन् ।

यसबारे कतै भनेको खण्डमा घर निकाला गर्ने धम्की दिएको कारण प्रहरीमा उजुरी गर्न नसकेको पीडित पक्षले इन्सेक प्रतिनिभिलाई बतायो ।


अमर सुनार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments