Incident Reports

भाउजु करणी गरेको आरोपमा देवर पक्राउ

2019-01-31

Gandaki, Lamjung, Besishahar

लमजुङको सुन्दरबजारमा आफ्नै भाउजु करणी गरेको आरोपमा देवर पक्राउ परेका छन्। लमजुङको सुन्दरबजार नगरपालिका-७ बाट प्रहरीले गोरखा स्थायी ठेगना भएका एक ४२ वर्षीय युवालाई पक्राउ गरेको हो।

४२ वर्षीया भाउजुलाई दाइ नभएको मौका छोपी यही माघ १७ गते करणी गरेको पीडित महिलाको आरोप छ। पीडित महिला र उनका श्रीमानको उजुरीका आधारमा भोटेओडार इलाका प्रहरी कार्यालय र सुन्दरबजार प्रहरी चौकीबाट खटिएका प्रहरीले  पक्राउ गरेका हुन्।

पीडकले अत्याधिक मदिरा सेवन गरी दाइ नभएको मौका छोपी भाउजुलाई करणी गरेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ हाडनाता करणीमा मुद्धा चालाउने तयारी गरिएको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments