Incident Reports

बाख्रा चराउन गएकी किशाेरी रूखमा झूण्डिएकाे अवस्थामा फेला

2018-10-31

Lumbini, Bardiya, Rajapur, Ward 4

बर्दियाकाे राजापुर नगरपालिका -४ छेडियाकाे मुक्तकमैया टाेलमा एक किशाेरी मृत फेला परेकी छन् ।

आइतबार नजीकैकाे जङ्गमा बाख्रा चराउन गएकी १४ वर्षिया प्रमिला चाैधरी आज रूखमा झूण्डिएकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

साँझसम्म घर नफर्केपछि स्थानीयवासीकाे सहयाेगमा प्रहरीले खाेजी गर्दा उनी मृत फेला परेकाे इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक वद्रीप्रसाद ढकालले बताए ।

घटनाकाे प्रकृति हेर्दा शङ्कास्पद रहेकाे प्रहरी अनुमान छ । राजापुरमा चिकित्सककाे अभावका कारण शव परीक्षणका लागि कैलालीकाे टीकापुर अस्पतालमा पठाइएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments