Incident Reports

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु रिले अनसनमा

2019-02-10

Gandaki, Kaski, Pokhara Lekhnath

गण्डकी मेडिकल कलेजका विद्यार्थी १० दिनदेखि आन्दोलनमा छन् । यसअवधिमा ४ पटकसम्म अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थी पक्षबीच वार्ता पनि भइसकेको छ । वार्ता निश्कर्षमा नपुग्दा माघ २२ गतेदेखि बहिरंग सेवा बन्द छ भने कक्षाकोठामा पनि तालाबन्दी छ ।

सरकारले तोकेको शुल्कमै एमबीबीएस पढ्न पाउनुपर्ने, बढी लिइएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र आफूहरुले बुझाएको शुल्कको बिल पाउनुपर्ने विद्यार्थीहरुले मागगरेका छन् । तर प्रशासनले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् ।

‘हामीले मागेका माग पूरा गर्नतिर लाग्छौं भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ,’ विद्यार्थी प्रवीण गौतमले भने । 

सरकारले तोकेको भन्दा कलेजले बढी शुल्क लिएको भन्दै सन् २०१५ देखियताका ब्याचका विद्यार्थीहरु बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए । यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो ।

कलेजले विभिन्न बहानामा तोकिएको शुल्कभन्दा बढी शुल्क लिएर मनोवैज्ञानिक दवाव दिइरहेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । विद्यार्थी परिर्वतन भाटले भने, ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन् ।’ शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीहरुको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ । ‘सरकारले तोकेभन्दा धेरै पैसा नलिनुस् भन्ने हाम्रो माग हो,’ भाटले भने, ‘गण्डकी मेडिकल कलेजमा मात्र नभई देशको अन्य कलेजमा यस्तो समस्या छ ।’

कलेजले धेरै पैसा लिएको विरोधमा गत बिहीबारदेखि विद्यार्थीले कक्षाकोठामा ताला लगाएका थिए । उनीहरुले कलेजको प्रशासनमा समेत ताला लगाएर शुक्रबार पृथ्वीचोकमा प्रदर्शनसमेत गरेका थिए । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत आफ्नो समस्या अवगत गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।

विश्वविद्यालय डिन अफिस र जिल्ला प्रशासन कार्यालयले विद्यार्थीको माग सम्बोधन गर्न अस्पतालाई चिठी लेखिसकेको भए पनि वास्ता नगरेको विद्यार्थीको आरोप छ । ‘हामीलाई कमजोरी देखाउन प्रशासनले षड्यन्त्र गरिरहेको छ,’ विद्यार्थी अमित सिन्हाले भने, ‘हामीलाई आन्दोलन फिर्ता गर । तिम्रो पैसा फिर्ता दिन्छौंसम्म भनेर फोन गर्छन् ।’

विद्यार्थी रवीना मिश्रले कलेजको यातायात सेवा नलिने विद्यार्थीसँग पनि शुल्क लिइएको बताइन् । ‘मेरो ठाउँमा बसै जाँदैन । मैले त्यसवापत तिरेको शुल्कको बिल पनि पाएकी छैन’ उनले भनिन् ।

कलेज अध्यक्ष खुमा अर्याल विद्यार्र्थीको आन्दोलनले कुनै निश्कर्ष नदिने प्रतिक्रिया दिइन् । ‘नियमन गर्ने सरकारको निकाय छ । विद्यार्थीले आन्दोलन गरेर केही हुन्न । उनीहरुले बुझ्न जरुरी छ सरकारले तोकेको रकममा सुविधासहित पढाउन सकिँदैन’ उनले भनिन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments