Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2019-02-09

Province 1, Terhathum, Phedap, Ward 1

फेदाप गाँउपालिका–१ की ५१ वर्षीया पत्नी इन्द्रकुमारी लिम्बूको हत्या गरेको आरोपमा ५४ वर्षीय पति चन्द्रबहादुर लिम्बूलाई प्रहरीले माघ २७ गते गिरफ्तार गरेको छ ।

इन्द्रकुमारीको हत्या माघ २६ गते गरेको आरोपमा पीडितका भाइले आरोपितविरूद्घ माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायण गौतमले बताए ।

माघ २७ गते बिहान छिमेकीले इन्द्रकुमारीको शव आँगनमा देखेपछि पीडित पक्षलाई खबर गरेका थिए ।

पीडित पक्षले आरोपितलाई कर्तव्य ज्यान मारेको आरोपमा उजुरी दर्ता गराएर कारबाही अघि बढाए मात्र शव बुझ्ने अडान लिएपछि शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २८ गते गरिएको छ ।

आरोपितमाथि अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि कारबाही अघि बढाउने इन्स्पेक्टर गौतमको भनाई छ ।


भगिश्वर लिम्बू


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments