Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-06

Province 1, Sunsari, Koshi, Ward 7

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाँउपालिका–७ का २२ वर्षीय वीरेन्द्र मेहतालाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई धाकधम्की दिएर गत भदौमा पटकपटक बलात्कार गरेको र भदौ ११ गते अन्तिम पटक बलात्कार गरी बालिकालाई गर्भवती बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरीपछि फरार भएका आरोपितलाई माघ २९ गते गिरफ्तार गरिएको सुनसरीका एसपी राजन अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २३ गते गरिएको र स्वास्थ्य परीक्षणबाट बालिका ६ महिनाको गर्भवती रहेको पुष्टी भएको एसपी अधिकारीले बताए ।

आरोपितविरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।


जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments