Incident Reports

जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ

2019-02-15

Karnali, Mugu, Chhayanath Rara

महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई हुम्ला चंखेली गाउँपालिका दार्माका शाहीले दुर्व्यवहार गरेका हुन्। उनी अस्थायी प्रहरी चौकी चैनका सई हुन्।

लामो समयसम्म श्रीमती घर नआएपछि खोज्दै जाँदा चैन भन्ने गाउँमा भिर बाटोमा एक्लै भेटिएको पीडित महिलाका श्रीमान्ले बताए। रातिसम्म खोजेपछि प्रहरी चौकी चैनमा रहेका सईले रमा लिन बोलाएको र चैन खोलामा पुग्दा जबर्जस्ती गरेको श्रीमतीले बताएकी उनले बताए। पछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको उनले बताए। प्रहरीले दोषी शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर, आफूले लगातार दबाब दिएपछि पक्राउ गरेको उनले बताए। तर, जिल्ला प्रहरी कार्यालयभित्रै दोषी शाहीले आफूलाई धम्क्याएको पीडितका श्रीमानले बताए।

पहिला बजारमा रहेको किराना घुम्ती पसलबाट सामानहरु लिने गरेका शाहीले एक दिन राति मदिरा सेवन गरी घुम्तीसमेत फुटाएको तर चैन गाउँका स्थानीयको आग्रहमा आफूले छुट दिएको नेपालीले बताए। शुक्रबार साँझ शाहीले फोन गरी आफू प्रहरी चौकी सोरुकोटमा सरुवा भइसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेपछि पैसा लिन गएको बेला चैन खोलामा जबर्जस्ती गरेको पीडीत ३० वर्षीया कान्छी नेपाली (नाम परिवर्तन)ले बताइन्।

शाहीले आफ्नो घुम्ती पसलबाट बेला बेलामा सामान लिने गरेको र असईबाट सईमा बढुवा भएको बेला केही महिना पहिले दुई हजार नगदसमेत सापटी लिएको उनले बताइन्। शुक्रबार साँझ पैसा लिन आउन भन्दै फोन गरेपछि आफूले साँझको बेला नआउने बताए पनि शाहीले आफू सरुवा भएर जान लागेकाले नआए पैसासमेत नपाउने बताएपछि आफू पैसा लिन गएको तर पैसा नपाएर बलात्कार हुनुपरेको उनले रुँदै बताइन्।

जर्बजस्ती करणी भएको भन्ने विषयमा मौखिक जानकारी आउने बितिक्कै सई शाहीलाई पक्राउ गरि सकिएको, दुवै जनाको स्वास्थ्य परीक्षणसमेत भए पनि पीडितका पक्षबाट जाहेरी दर्खास्त नआएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए। पीडितको जाहेरी दरखास्त आउने बितिक्कै दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments