Incident Reports

बालिकाको बीभत्स हत्या : कारबाहीको माग गर्दै प्रदर्शन

2019-02-17

Madhes, Dhanusha, Mithila

 बीभत्स हत्या गरिएकी धनुषा मिथिला नगरपालिका-३ हरिहरपुरकी ९ वर्षीया बालिका रेसमा (दितिया) रसाइलीको हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

 महिला सञ्जला ढल्केवर र ओरेक नेपाल धनुषाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर बजारमा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन् । र्यालीमा मिथिला नगरपालिकाकी उपमेयर तारा लामा बस्नेतसमेत सहभागी थिइन् । 

छिमेकमा विवाहको उत्सवमा बुधबार ढिलासम्म नाच्दैं गरेकी बालिका रेशमाको शव जलेको अवस्थामा बिहीबार बिहान गाउँलेले भेटेका हुन् । 

‘रेसमालाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो‍  । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गरिदियो । प्रमाण नष्ट गर्न पापीहरुले उनको शव पनि जलाए,’ बालिकाका काका देवराज रसाइलीले भने।

एपमेयर लामाले दोषीलाई तुरुन्त पक्राउ गर्न प्रहरीसँग माग गरिन् । उनले आजै पीडित परिवारसँग भेटघाट समेत गरेकी छन्। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Rautahat

0 Comments